अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन १५ गते।
आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल आज हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।
नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । कुवेतविरुद्ध कप्तान देव खनाल र अर्जुन कुमालले शतक बनाएका थिए भने आकाश चन्दले ६ विकेट लिएका थिए ।
हङकङले भने यसअघि एक जित र एक हारको नतिजा निकालेको छ ।
पहिलो खेलमा कुवेतमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा यूएईसँग पराजित भएको थियो ।
आजै यूएई र कुवेत तथा सिंगापु र मलेसियाबीच खेल हुनेछ ।
नेपाल र यूएई लगातार दुई खेल जित्दै अंकतालिकामा अगाडि छन् ।