अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १५ गते।
कटुवा पेस्तोल सहित जनकपुरधामबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हंसपुर नगरपालिका–४ बस्ने २२ वर्षीय भरोस पासवान रहेको प्रहरीले जनाएको छ ।
उनले लगाएको कालो रंगको ज्याकेटको खल्ती भित्रबाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली एक राउण्ड फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
पक्राउ परेका पासवानमाथि हातहतियार तथा खरखजाना मुद्दा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।