मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्ने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १५ गते।

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्ने भएको छ ।

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्न लागेको हो ।

कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख संजिव साहले बताए । स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । उनका अनुसार तीर्थालुको लागि पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्था छ भन होली मिलन समारोह र सांस्कृतिक कार्यक्रम गर्न मञ्च तयार गरिएको छ । परिक्रमा यात्री तीर्थालुहरुलाई प्रमुख अतिथिको रुपमा लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ट नेता सरतसिंह भण्डारी, विशिष्ट अतिथि मधेश प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्वागत गर्ने कार्यक्रम रहेको छ । रंग, अविर, फूलमालाले परिक्रमा यात्रीलाई भव्य स्वागत गर्ने तयारी गरेको नगरप्रमुख साहले बताए ।

कञ्चनवनमा त्रेतायुगमा भगवान राम र सीताले रंग अविर खोलेर होली मनाएको धार्मिक विश्वास छ । आज पनि यहाँ आउने श्रद्धालुहरुले एक–अर्कालाई रंग, अविर लगाएर होली खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *