अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १४ गते।
उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर आउने भएका छन् । साँझ ५ : २५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर आउन लागेका हुन् ।
जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्ने र महोत्तरीको बर्दिवास प्रस्थान गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दिपक यादवले बताए ।
मन्त्री श्रेष्ठले भोलि हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।