अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,चैत्र २३ गते।
उपनिर्वाचनका उम्मेदवारहरूको आज अन्तिम नामावली प्रकाशन गरिँदै छ ।
बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र आजै उम्मेदवारलाई चुनाव चिह्न वितरण गर्ने निर्वाचन आयोगको तयारी छ ।