अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत्र २३ गते।
आईपीएलमा पञ्जाब किंग्सले राजस्थान रोयल्सलाई ५ रनले पराजीत गरेको छ ।
बुधबार भएको खेलमा पञ्जाबले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९२ रन मात्र बनाउन सक्यो ।
पञ्जावका लागि नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । अर्शदिप सिंहले २ विकेट लिए ।
पञ्जावका लागि कप्तान शिखर धवन र प्रबसिमरनले उत्कृष्ट ब्याटिङ गरेका थिए । धवनले ५६ बल खेल्दै ९ चौका र ३ छ्कका मद्दतमा अविजित ८६ रन बनाए । प्रबसिमरनले ३४ बलमा ७ चौका र३ छक्का प्रहार गर्दै ६० रन बनाए । जितेश शर्माले १६ बलमा २७ रन जोडे ।
बलिङमा राजस्थानका ज्यासन होल्डरले दुई तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १ विकेट लिए ।
राजस्थानका लागि कप्ता नसन्जु सामसनले २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४२ रन बनाए । शिमरोन हेतमायरले १८ बलमा ३६ रन जोडे । इम्प्याक्ट प्लेअरको रुपमा ब्याटिङ गरेका ध्रुव जुरेलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाए ।