अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ३ गते।
भारतबाट इन्धनको मूल्य फेरि बढेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मुल्य प्रतिलिटर ६.३३ रुपैयाँ र डिजेलमा १ रुपैयाँले बढेर आएको बढेर आएको छ ।
इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोड प्रक्षेपण रहेको निगमको भनाई छ ।