आईपीएलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ४ गते।

आईपीएलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले २० ओभरमा सात विकेट गुमाएर १७७ रन बनाएको थियो ।

गुजरातको सुरुवात पनि राम्रो भएन । ऋद्धिमान साह पहिलो ओभरमै आउट भए भने साई सुदर्शन पनि २० रन (१९ बल) बनाएर पावरप्लेमा आउट भए । यसपछि हार्दिक पाण्ड्या र शुभमन गिलले अर्धशतकीय साझेदारी गर्दै टोलीको स्कोर ९२ रनमा पुर्‍याए । यस स्कोरमा पाण्ड्याले २८ रन (१९ बल) बनाएर चहलको बलमा जैसवालको हातमा क्याच आउट भए । हार्दिक र गिलले तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे । यसपछि १२१ रनको स्कोरमा शुभमन गिल पनि ३४ बलमा ४५ रन बनाएर पभिलियन फर्किए ।

राजस्थान ब्याटिङ गर्न निस्केपछि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्या र मोहम्मद शामीले पहिलो तीन ओभरमा दुवै ओपनरलाई पभिलियन फर्काए। पहिलो तीन ओभरमा राजस्थानको स्कोर दुई विकेटमा चार रन थियो। यसपछि क्याप्टेन सञ्जु सैमसन मैदानमा आए । उनले देवदत्त पडिक्कलसँग तेस्रो विकेटका लागि ४३ रन जोडे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *