अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ५ गते।
आईपीएलमा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ रनले पराजीत गरेको हो ।
चेन्नाईले निर्धारित २० ओभरमा २२६ रन बनाएको थियो । चेन्नाईले दिएको २२७ रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनायो ।
बेंगलोरका ग्लेन म्याक्सवेल र कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय इनिङ खेले पनि टिमलाई जिताउन सकेनन् । म्याक्सवेलले ३६ बल खेल्दै ३ चौका र ८ छक्कासहित सर्वाधिक ७६ रन बनाए भने डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रन जोडे ।
दिनेश कार्तिकले १४ बलमा २८ रन बनाए । सुयश प्रभुदेशाई ११ बलमा १९ रन जोडे । अन्तिम ओभरमा बेंगलोरलाई जितका लागि १९ रन चाहिएको अवस्थामा १० रन मात्र जोड्न सक्यो ।
चेन्नाईका तुसार देशपाण्डेले ३ तथा मथिसा पाथिरानाले २ विकेट लिए । आकाश सिंह, मोइन अली र महेश थिक्सेनाले समान १ विकेट लिए ।
त्यसघि डेभोन कानवेको ८३ रन मद्दतमा चेन्नाईले ६ विकेट गुमाएर २२६ रन बनाएको थियो । कानवेले ४५ बल खेल्दै ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रन बनाए ।
शिभम दुबेले २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा जोडे । अजिंका रहानेले २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन बनाए ।