अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १२ गते।
तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भएका छन् । त्यस्तै राप्रपाकी शोभा गुरुङले २१८ र मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।