अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख १२ गते।
आईपीएलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
हैदरवादका वासिङ्गटन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।
१४५ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । हैदवादाका लागि ओपनर मायंक अग्रवालले ३९ बलमा सर्वाधिक ४९ रन बनाए । उनले ७ चौका प्रहार गरे । हेनरिच क्लासनेले १९ बलमा ३१ रन बनाउँदा वासिङ्गटन सुन्दरले १५ बलमा अविजित २४ रन जोडे ।
दिल्लीका एनरिक नोर्किअ र अक्षर पटेलले दुई/दुई तथा इशान्त शर्मा र कुदिलप यादवले समान एक/एक विकेट लिए ।