अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ११ गते।
आज पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको हो ।
यसका साथै ७२ जना सङ्क्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।