बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १३ गते।

बारा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव विजयी भएका छन् ।

पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् ।

यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतमा सीमित भए ।

यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् । पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *