अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १३ गते।
एसीसी प्रिमियर कपमा आज दुई खेल हुदैछ ।
कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।