अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख १३ गते।
आज पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३४ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको हो ।
यही अवधिमा थप ६५ जना सङ्क्रमणमुक्त पनि बनेका छन् ।