अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख १४ गते।
आईपीएलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई २१ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले ५ विकेटको क्षतिम २०० रन बनायो।
उसका लागि जासन रोएले ५६ रन जोड्दा कप्तान नितिश रानाले २१ बलमा ४८ रन जोडे र रिन्कु सिंहले १० बलमा नटआउट १८ रन बनाए।
२०१ रनको लक्ष्य पछ्याएको बेंग्लोरले ८ विकेटको क्षतिमा १७९ रन मात्र जोड्न सक्यो।
उसका लागि कप्तान विराट कोहलीले ५४ रन बनाए।
बलिङमा कोलकताका वरुण चक्रवर्तिले ३ विकेट लिए। सूयस शर्मा र आन्द्रे रसेलले २-२ विकेट लिए।