अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २४ गते।
सङ्घीय संसद्को दुवै सदनको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेपछि सदनको अधिवेशन सुरु हुन लागेको हो ।
यस अधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ।
प्रतिनिधिसभा बैठकमा आज सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्री पदमा नियुक्तसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्।
त्यस्तै सभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने सांसदको मनोनयन गर्ने कार्युसूची छ।
आजकै बैठकमा कानुनमन्त्री धनराज गुरूङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश २०८० पेस गर्ने कार्यसूची छ।