झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २४ गते।

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौंको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

अहिले १० जनालाई पक्राउ गरि कारवाहीको प्रक्रिया अघि बढाइसकेको र शंकास्पद केहिमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *