आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख २५ गते।

आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ ।

राजस्थान रोयल्सले दिएको २१५ रनको विजय लक्ष्य हैदरावादले ६ विकेट गुमाएर पूरा गर्यो ।

हैदरावादको जितमा अनमोलप्रित सिंह ३३ रन बनाए भने अभिषेक शर्माले अर्धशतकीय पारी खेले । ३४ बल सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५५ रन बनाए । राहुल त्रिपाठीले ४७ रन योगदान गरे । अब्दुल समाद १७ रनमा नटआउट रहे ।

बलिङतर्फ युजवेन्द्र चहलले २९ रन खर्चेर ४ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१४ रन बनाएको थियो । उसका लागि जस बटलरले सर्वाधिक ९५ रन बनाए । ५९ बल सामना गरेका उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए ।

यस्तै सन्जु सामसनले नटआउट ६६ रन बनाए । उनले ३८ बल सामना गर्ने क्रममा ४ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यसअघि यशस्वी जयशवालले १८ बलमा ३५ रन बनाएका थिए ।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार र मार्को जेनसनले एक–एक विकेट लिए । तर उनीहरु महँगा सावित भए । भुनवेश्वर कुमार र जेनसन दुवैले समान चार ओभरमा ४४ रन खर्चिएका थिए । मयंक र्माकण्डेयले ४ ओभरमा ५१ रन दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *