अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २९ गते।
नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी नियुक्तिका लागि विज्ञापन खुला गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना प्रकाशित गर्दै प्राधिकरणमा आर्थिक वर्ष २०७९–८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
प्राधिकरणका अनुसार प्रबन्धक देखी सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो
२१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।