आईपीएलमा राजस्थान रोयल्सले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २९ गते।

आईपीएलमा राजस्थान रोयल्सले कोलकाता नाइटराइडर्सलाई ९ विकेटले पराजित गरेको हो ।

राजस्थानले १५० रनको लक्ष्य १३.१ ओभरमै पूरा गर्यो । राजस्थानको जितमा यशस्वी जयसवालले नटआउट ९८ र सन्जु सामसनले ४८ रन बनाए ।

पहिलो ओभरमै २६ रन बनाएका यशस्वीले १३ बलमै अर्धशतक पूरा गरे । आईपीएलमा यो सबैभन्दा छिटो अर्धशतक बनेको रेकर्ड हो । यसअघि केएल राहुलले १४ ओभरमा अर्धशतक बनाएको रेकर्ड थियो ।

जस बट्लर शून्य रनमा आउट भएपछि क्रिजमा आएका सन्जु सामसनले २९ बलमा ३ चौका र ५ छक्काको मद्दतमा नटआउट ४८ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

कोलकाताका लागि वेंकटेस ऐयरले सर्वाधिक ५७ रन बनाए भने नितिश राणाले २२ रन बटुले ।

हालसम्म १२ खेल खेलेको राजस्थान १२ अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाता भने १२ खेलबाट १० अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *