अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख ३० गते।
आईपीएलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको मुम्बइले सूर्यकुमारको सतक मद्तमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । २१९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनायो ।
मुम्बइका लागि सूर्यकुमारले अविजित १०३ रनको योगदान गरे, इशान किशन ३१, कप्तान रोहित शर्मा २९, विष्णु विनोदले ३० रन बनाए ।
२१९ रनको लक्ष्य पछ्याएको गुजरातको सुरुवात राम्रो हुन सकेन । टोलीले २६ रनमा तीन विकेट गुमाएको थियो । ओपनर ऋद्धिमान साह २, शुभमन गिल ६ र कप्तान हार्दिक पाण्ड्या ४ रन बनाएर आउट भए । विजय शंकरले २९ र डेभिड मिलरले ४१ रनको योगदान दिए । राशिद खानले ३२ बलमा ७९ रन बनाएर जितको अन्तर घटाए । राशिदले अल्जारी जोसेफसँग ४० बलमा अविजित ८८ रनको साझेदारी गरे।
गुजरात टाइटन्सलाई २७ रनले हराएपछि मुम्बई इन्डियन्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।