अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २९ गते।
निजामती कर्मचारीले टिकटक बनाउन नपाईने भएको छ ।
निजामती कर्मचारीलाई टिकटक नबनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ।
मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए।
यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने उनले जनाए।