प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २९ गते।

प्यूठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्  ।

लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

गाडीमा २ महिला, २ पुरुष र ४ बालबालिका सवार रहेको बताइएको छ ।

अहिले दुर्घटनामा परेकालाई उद्धार गरेर उपचारका लागि अस्पताल लैजाने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *