अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ २९ गते।
जल तथा मौसम विज्ञान विभागले नेपालको पूर्वी भेगमा मनसुन भित्रिन अझै केही दिन लाग्ने जनाएको छ।
महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश र भुटानसम्म आइपुगेको जनाएको छ । नेपालको पूर्वी भू-भाग कोशी प्रदेशमा मनसुन भित्रनको लागि अझै केही दिन लाग्ने महाशाखाले बताएको हो ।
देशका मध्य तथा पश्चिम तराईका भू–भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले गरेको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । साथै बागमती प्रदेशको तराईका भू–भाग र मधेस प्रदेशको पश्चिमी भू–भागमा थोरै तापक्रम घटे पनि अत्यधिक गर्मीको सम्भावना यथावत् रहने देखिएको छ ।
महाशाखाले आगामी चार दिन (जेठ ३० देखि असार १ गते) सम्म तातो हावा तथा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।