अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३० गते।
एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तान खेल्दैछन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । भारत र पाकिस्तानको ‘ए’ टोली हो । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी छ ।
दोस्रो खेल नेपालले भारतसँग र तेस्रो खेलमा घरेलु टोली हङकङसँग खेल्नेछ । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली छ ।