अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार २७ गते।
आज राष्ट्रिय सभाको बैठक बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ।
मंगलवारको बैठकमा राष्ट्रिय सभामा विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकमाथिको छलफल सकिएपछि आज बुधवार शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ दिने कार्य हुनेछ।