अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन २ गते।
आजदेखि गेरुका मेला शुरु भएको छ ।
एक महिनासम्म भगवान् विष्णु चीरसागरमा विराजमान हुने मान्यता अनुसार साउन महिना भरि नै गेरुकाधाममा ठूलो मेला लाग्ने गरेको छ । धार्मिक महत्वको गेरुका नदिमा स्नान गरेर गेरुकाधाममा रहेको भगवान् विष्णु सहितको मठ मन्दिरमा विशेष पूजा पाठ गर्ने चलन रहेको छ ।
आज देखि शुरु भएको मलिमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकाको गेरुकाधाम स्थित गेरुका नदीमा शाही स्नान सम्पन्न भएको छ ।
मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा निस्केको रथ सहितको शोभा यात्रा गेरुकाधाममा पुगेर बिहान शाही स्नान तथा गेरुका मन्दिरमा विशेष पूजापाठको आयोजना गरिइएको छ ।
धनुषा तथा महोत्तरीको सिमानामा पर्ने गेरुका नदिमा शाही स्नानका लागि जनकपुरधामका विभिन्न मठ मन्दिरहरूबाट महन्थ, साधुसन्त सहितको टोलीले झाकी सहित गेरुका मेला पुगेका थिए ।