सोमवारसम्म देशका विभिन्न भागमा धेरै पानी पर्ने सम्भावना

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २७ गते।

मौसम पूर्वानुमान महाशाखाले आउँदो तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज शनिवारदेखि आउँदो सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताउनुभयो ।

आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *