अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २९ गते।
नारायणी नदीले सतर्कता तह पार गरेको छ ।
जल तथा मौसम विभागका अनुसार आज बिहान ५:५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ ।
आइतबार राति ९:३० बजे नै नारायणी नदीले सतर्कता तह पार गरेको थियो । विभागका अनुसार अहिले नदीको जलसतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ ।
नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल मापन केन्द्र देवघाटले अनुरोध गरेको छ ।