अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २ गते।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू(भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।