अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असोज १९ गते।
नेपालगञ्जमा पुनः निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरि निषेधाज्ञालाई निरन्तरता दिइएको हो ।
निषेधाज्ञा बिहान ६ बजे देखि सुरू भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा भनिएको छ ।
उनका अनुसार नेपालगञ्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख छ ।