नेपाल राष्ट्र बैङ्क द्धारा रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ६ गते।

नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

नेपाल राष्ट्र बैंकले आज सूचना प्रकाशन गर्दै अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका लागि दरखास्त आह्वान गरेको हो।

राष्ट्रबैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जनाका लागि दरखास्त आह्वान गरेको छ

त्यस्तै सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग गरेको छ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *