अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ ११ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै तराई-मधेशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।