अनलाईन न्युजपाटी , काठमाडौँ,समाचारदाता,माघ ११ गते।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ” स्मार्ट कम्बो डिल ” नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ ।
कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँ मैयस अफर अन्तर्गत पाउन सकिनेछ ।
यो अफरनेपालभरवर्ल्डलिंककासबै शाखाहरुमा उपलब्ध छ। स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सनलिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ ।
साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउ6र समेत निःशुल्क पाउनेछन।
यो अफर पाउनकालागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ । थप जानकारीका लागि ९८०१५२३०५२ मा कलगरी बुझ्न सकिनेछ वा वर्ल्डलिंकको अनलाईन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिनेछ ।
यो अफर सिमित अबधिको लागि लागु हुने कम्पनीले जनाएको छ ।