रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार २० गते।

रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्रीहरुले पदबाट राजीनामा दिन लागेका हुन्।

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने निर्णय गरेको थियो। सोही बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ।

सरकारमा रास्वपाका चार मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *