अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, असार २१ गते।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने पूर्वानुमान महाशाखाले गरेको छ। दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका धेरै स्थानहरुमा राति पनि मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।