आज धनतेरस मनाइँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, कात्तिक १३ गते।

हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ।

आजदेखि यमपञ्चक सुरु भएको छ। यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ।

यस पर्वका अवसरमा खासगरी धातुका भाँडा, खेलौना र गरगहना जोड्ने परम्पराअनुसार आज बिहानैदेखि यसक्षेत्रमा बजारु चहलपहल बढेको छ ।

यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ । यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको छ ।

धनतेरसमा सुनको विशेष महत्व हुन्छ । सुनलाई समृद्धिको प्रतीक मानिन्छ । यही महत्वलाई आत्मसाथ गरेर धनतेरसको अवसरमा सुन किन्ने परम्परा लामो समय देखि चलिआएको छ । धनी हो वा गरीब, यस दिन प्रत्येक व्यक्तिले आफ्नो सामर्थ्य अनुसार सुन किन्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *