अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज २४ गते
हिन्दू धर्मावलम्बीका विवाहिता महिलाले आज करवा चौथ पर्व मनाउँदैछ ।
यो पर्व कार्तिक महिनाको कृष्ण पक्षको चतुर्थी तिथि पारेर मनाइन्छ । यो पर्वलाई विशेष गरी सौभाग्यवती स्त्रीहरूले व्रत सम्पादन गरेर मनाउने गर्दछन् ।
करवाचौथका दिन दिनभरि उपवास राखेर राती चन्द्रमालाई अर्घ्य दिएपछि भोजन गर्ने विधान छ ।
यस व्रतको सम्पादनबाट पतिको सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको प्राप्ति हुन्छ भन्ने मान्यता रहेको पाइन्छ ।
करवा चौथ मनाईने व्रतालुहरुलाई हार्दिक मंगलमय शुभकामना।