अनलाईन न्युजपाटी,कंचनपुर,समाचारदाता, मंसिर १गते।
कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी वजार नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।शनिबार राति करिव १० वजे अन्टेष्ट नम्बरको मोटरसाइकल सडक विग्रिएर रोकीको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका वार्ड नम्बर–३ का २४ वर्षिय दिनेश राना र सोहिठाउका २० बर्षिय सुनिल रानाको ज्यान गएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्ष नैन बहादुर साउदले वताए ।घाईते दुवै जनाको उपचारको क्रममा सेती अञ्चल प्रादेशिक अस्पताल धनगढीमा ज्यान गएको हो । प्रहरीका अनुसार वाणी वजारमा विग्रिएर मर्मत गरिरहेको अवस्थामा ट्रक को पछाडी मोटरसाईकल ठोकिदा उक्त घटना घटेको प्रहरीले जनाएको छ ।