भारतले अतिक्रमण गरेको नेपाल भुमिमा नेकपा को विद्यार्थीहरु ले नेपाली झण्डा फहरायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ३०गते।

हालै भारतले नेपालको कालापानी, लिपुलेक लगायतको भुभाग अतिक्रमण गरेको छ । अहिले नेपालका यसको खुलेरै विरोध भइरहेको छ । भारतले अतिक्रमण गरेको नेपाल भुमिमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी को विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली झण्डा फहराएको छ । भारतिय सिमा सुरक्षा वल  को प्रतिकार गरि इलामको सन्दकपुर गाउँपालिका वडा नं.४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले आज नेपालको राष्ट्रिय झन्डा फहराएको हो । केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरुद्ध गरि भारतले कब्जा जमाएको उक्त क्षेत्रमा अनेरास्ववियुले झण्डा फहराएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *