अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, कार्तिक ३०गते।
धनगढीमा शनिबारका दिन जिल्ला प्रशासन कार्यालयको अनुमती नलिएरै चल्ने सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक विदाका दिन प्रशासनको अनुमती विपरीत चलेका सवारी साधन नियन्त्रण लिएको जनाएको छ।ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरिक्षक सरोज ठकुराठीले अहिले सम्म तीन वटा मोटरसाईकल र एउटा जीप नियन्त्रणमा लिईएको जानकारी दिए। जिल्लाका अन्य ठाउँबाट पनि जिल्ला प्रशासन कार्यालयको अनुमती नलिएर चलाईएका सरकारी गाडीहरु नियन्त्रणमा लिएको भएपनि तथ्याङ्क आउन बाँकी रहेको जानकारी दिए।प्रहरीका अनुसार धनगढीबाट अहिले सम्म से १ झ २९१ नम्बरको पिकअप भ्यान, से १ ब १३४,से १ ब ७७३ र ब १ ब ७०३४ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिईएको छ। सार्वजनिक विदाका दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान छ।अति आवश्यक काम परेको खण्डमा पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिएर मात्र चलाउनु मिल्छ तर कैलालीमा भने स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले त्यस विपरीत विदाका दिन पनि सरकारी गाडी चलाउने गरेका छन्।