अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक ३०गते।
सशस्त्र प्रहरीले अवैद्य चाँदी र मोटो रकम सहित जनकपुरबाट एकजनलाई पक्राउ गरेको छ । ७ लाख ३० हजार १ सय नगद र ६ किलो चाँदीको गरगहनासहित सिरहाका ४८ वर्षका अजय गुप्तालाई सशस्त्र प्रहरीले शनिवार दिउँसो १ बजे पक्राउ गरेको हो ।उनलाई जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाबाट चेकजाँचको क्रममा पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।उपरीक्षक उप्रेतीका अनुसार भारतको जयनगरबाट गुप्ता जिउँमा कपडा बेरेर लुकाई नगद र चाँदीसहित साईकलमा आउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।बरामद नगद र चाँदीसहित गुप्तालाई आवश्यक कार्वाहीको लागि जनकपुर भण्सार कार्यालयलाई बुझाउने तयारी भएको उपरीक्षक उप्रेतीको भनाई छ ।नगद र चँदीसहित पक्राउ परेका गुप्ता सुनचाँदी तस्कर हुन सक्ने प्रहरीको आशंका छ ।