पोखराको कोत्रेमा आज बिहान टिपरले कारलाई ठक्कर दिंदा कार चालक गम्भिर घाइते

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, कार्तिक ३०गते।

पोखराको कोत्रेमा आज बिहान टिपरले कारलाई  ठक्कर दिंदा  कार चालक गम्भिर घाइते भएकाछन्। टिपरको ठक्करबाट ग २ च ५४६९ नम्बरका कार चालक पोखरा १० रामबजार निवासी २९ बर्षका युवराज भट्टराई गम्भिर घाइते भएको कास्की प्रहरीले जनाएको छ ।पोखराबाट तनहुँतर्फ जार्दै गरेको ग १ ख ७८४७ नम्बरको टिपरले कारलाई ठक्कर दिदा गम्भिर घाइते भएका भट्टराईको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उनको टाउको, छाती र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए । उनीसंगै सवार भएकी स्याङजाकी २७ बर्षीया प्रतिमा पोख्रेल सामान्य घाइते भएकी छन भने उनको समेत मणिपालमा उपचार हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *