शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु

अनलाईन न्युजपाटी,भरतपुर,समाचारदाता, कार्तिक ३०गते।

भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना१५प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना राति १२ बजे भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *