विराटनगरका एक जना व्यापारी पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, कार्तिक ३०गते।

अदालतले फैसला गरेको बिगो रकम २ लाख नर्तिदा विराटनगरका एक जना व्यापारी पक्राउ परेका छन् । अदालतले जारी गरेको ३५ दिने र सो पछिको ७ दिने म्याद भित्र पनि बिगो रकम नबुझाएपछि विराटनगर – ७ मेनरोड नगर प्रहरी कार्यालयदेखि दक्षिण बस्ने ४१ वर्षिय अंकित भनिने नरेश कुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका अग्रवाल विराटनगरस्थित एलजी स्वरूमको डिर्लर संचालक हुन् । उनको डिर्लर विराटनरको अतिथी सदन अगाडी रहेको बुझिएको छ । उनले एलजीको उत्पादनहरू विक्री वितरण गर्दै आएका छन् । मोरङ अदालतले शुक्रबार अग्रवाललाई पक्राउ गरि अदालतमा उपस्थीति गराउन आदेश दिएपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए ।शनिबार विदा परेकोले प्रहरीले पक्राउ परेका अग्रवाललाई आइतबार अदालतमा उपस्थीति गराउने उनले बताए । ‘अदालतको पक्राउ गर्ने आदेश आएपछि हामीले पक्राउ गरिएको हो,’ डिएसपी खिउँजुले भने । अग्रवाललाई अदालतमा उपस्थीति गराएपछि फैसला गरेको बिगो रकम २ लाख रुपैयाँ बुझाए रिहा हुने नभए २ वर्ष कैदमा राख्न जिल्ला कारागार विराटनगर पठाउनेछ । नगेन्द्र ठकुरीले व्यापारी अग्रवाललाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ‘लेनदेन बिगो’ मुद्दा दर्ता गराएका थिए ।२०७५ साल मंसिर ६ गते बिगो रकम प्रतिवादीबाट भराउन अदालतले फैसला गरेको थियो । ‘अदालतले जारि गरिएको ३५ दिने म्याद भित्र बिगो रकम दाखिला नगरेको हुदा मुलकी देवानी कार्यविधि संहिता २०७४ को दफा २४४ (२) बमोजिम अग्रवाललाई २ वर्ष कैदमा राख्न पक्राउ गरी यस अदालतमा दाखिला गराइदिन अनुरोध गरिएको छ,’ अदालतले आदेश गरेकोे पत्रमा उल्लेख छ ।’ ०५७ मंसिर ६ मा फैसला भए पनि कार्यन्वयन नभएको अवस्थामा शुक्रबार जिल्ला अदालत मोरङका न्याधीश मेदनीप्रसाद पौडेलको इजालशले शुक्रबार कार्यन्वयन आदेश दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *