अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, चैत्र १२ गते
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै
पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरिएको छ। नयाँ दर लागू भएसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम भएको छ।
यसैगरी डिजेल र मट्टितेलको हकमा पहिलो वर्गमा प्रतिलिटर १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ तोकिएको छ।