पेट्रोलियम पदार्थको मूल्य बढे पनि सवारी साधनको भाडा नबढेकोले तत्काल नै भाडा वृद्धि गर्न माग

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, चैत्र २१ गते

पेट्रोलियम पदार्थको मूल्य बढे पनि सवारी साधनको भाडा नबढेकोले तत्काल नै भाडा वृद्धि गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन चेतावनी दिँदै यातायात सेवा नै ठप्प पार्ने जनाएको छ ।

हवाई इन्धनको मूल्य बढ्ने बित्तिकै हवाई भाडा तत्काल समायोजन भए पनि लाखौँ सर्वसाधारण जोडिएको सार्वजनिक यातायातको हकमा सरकारले बेवास्ता गरेको भन्दै आफैँ भाडा वृद्धि गर्ने घोषणा गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधि अनुसार गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *