कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख १४ गते

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिँदै छन् । जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ परीक्षार्थी सहभागी हुँदै छन् । आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थीहरू गरी चार लाख १८ हजार आठ विद्यार्थी सहभागी हुँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *