अनलाईन न्युजपाटी,भन्टाबारी,समाचारदाता, मंसिर २गते।
पछिल्लो समय नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने गिरोह सक्रिय रहेको पाइएको छ । आइतबार राति पूर्वबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ४८१७ नम्बरको यात्रुवाहक बसबाट सशस्त्र प्रहरीले ५ लाख ५६ बराबरको अवैध कपडा बरामद गरेपछि यस्तो रहस्य खुलेको हो ।सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीको तीनकुने भन्ने स्थानमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा कपडा बरामद गरे पनि नक्कली भ्याट बिल भएकोले देखाउन मानेनन् । नक्कली भ्याट बिल देखाउँदा फस्ने डरले प्रहरीले सामान पक्रेर पनि व्यापारीहरूले बिल नदेखाउने गरेको प्रहरीको भनाइ छ ।केही दिनको अन्तरालमा सोही स्थानमा चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीको टोलीले तीनपटक नक्कली भ्याट बिलसहित सामान पक्राउ गरेपछि नक्कली भ्याट बिल बनाई राजस्व छल्ने गिरोह सक्रिय रहेको पुष्टि भएको छ । नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने र सामान पक्राउ गरेपछि डरले सम्पर्कमा नआएको बिओपी भण्टाबारीका इन्स्पेक्टर प्रेमसिंह विष्टले बताए ।ठूलो परिमाणमा नक्कली भ्याट बिलबाट राजस्व छल्ने गिरोहको सामान पक्राउ गरिए पनि उनीहरू हालसम्म सम्पर्कमा आउन नचाहेको उनले बताए । विष्टले अर्काको नाममा भएको भ्याट बिलबाट नक्कली बिल बनाएर राजस्व छल्ने गिरोह सक्रिय रहेको बताए । सुनसरीमा व्यापारिक प्रयोजनका लागि बनाइएको भ्याट बिलबाट त्यसको नक्कली बनाई राजस्व छल्ने गिरोह सक्रिय रहेको छ ।